सुदूरपश्चिम प्रदेश सरकार कार्य विभाजन नियमावली २०८१ अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्य विभाजन
- प्रदेशस्तरको यातायात सम्बन्धी नीति, कानुन, मापदण्ड र योजनाको तर्जुमा तथा कार्यान्वयन, अध्ययन, अनुसन्धान र नियमन,
- प्रदेशभित्रको सवारी दर्ता र नवीकरण, सवारी चालक अनुमति र नवीकरण,
- प्रदेशभित्र सार्वजनिक यातायातको रुट अनुमति, मापदण्ड, गुणस्तर र भाडा दर निर्धारण एवम् अनुगमन तथा नियमन,
- वातावरणमैत्री, अपाङ्गतामै यातायात प्रणालीको प्रवर्द्धन,
- प्रदेश तहमा यातायात सुरक्षा र सवारी प्रदुषण नियन्त्रण सम्बन्धी योजना निर्माण र कार्यान्वयन,
- रज्जुमार्ग, जलमार्ग लगायका वैकल्पिक यातायात प्रविधिको प्रवर्द्धन, सम्भाव्यता अध्ययन आयोजना कार्यान्वयन, सञ्चालन र व्यवस्थापन
- प्रदेश लोकमार्ग सम्बन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा र निर्माण, स्तरोन्नती, मर्मत सम्भार, तथ्याङ्क व्यवस्थापन, सडक प्रविधि सम्बन्धी अध्ययन, अनुसन्धान, यातायात सुरक्षा, कार्यान्वयन र नियमन,
- प्रदेशस्तरको ऊर्जा, विद्युत, सिंचाइ, खानेपानी, जल उत्पन्न प्रकोप (नदी तथा पहिरो) व्यवस्थापन सम्बन्धी अध्ययन अनुसन्धान, नीति, कानून, मापदण्ड, गुरुयोजना तर्जुमा, योजना तथा आयोजना निर्माण, कार्यान्वयन, सञ्चालन, मर्मत संभार, समन्वय र नियमन,
- प्रदेशस्तरमा ऊर्जा, विद्युत, सिँचाइ तथा खानेपानी सम्बन्धी सेवाको गुणस्तर र सेवा शुल्कको आधार निर्धारण र नियमन,
- उर्जा, विद्युत, सिंचाई सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता र लगानी प्रवर्द्धन सम्बन्धी नीति तथा मापदण्ड निर्धारण र नियमन,
- राष्ट्रिय जलस्रोत नीति र संघीय योजना वमोजिम प्रदेश सीमा नदीका जलउपयोग सम्बन्धी आयोजन को पहिचन, निर्माण, सञ्चलन, सम्भर र व्यवस्थापन,
- प्रवेशभित्रको जलस्रोत उपयोग तथ नदी संरक्षण सम्बन्धी योजन तथ गुरू योजना तर्जुमा, कार्यान्वयन र अनुगमन तथ मूल्याङ्कन,
- प्रदेशभित्रको जलस्रोत उपयोग हुने आयोजनाहरुको अध्ययन, सर्वेक्षण, तयारी, कार्यान्वयन, अनुगमन र सञ्चलनमा समन्वय,
- प्रदेशस्तरमा जलाधर संरक्षण तथ जलउपयोग नीतिको तर्जुमा तथ कार्यन्वयन, प्रविधि विकस र व्यवस्थपन,
- प्रदेशभित्र भूस्खलन नियन्त्रण,
- मौसम र जलमापन सञ्चालन र व्यवस्थापन,
- जलगुण तथ वयुगुण सम्बन्धी प्रयोगशला व्यवस्थापन,
- प्रदेशस्तरको खनेपनी, सरसफाइ तव स्वच्छत सम्बन्धी प्रदेशिक नीति, कानुन तथ मपदण्ड तर्जुमा र कार्यान्वयन, सेवाको शुल्क निर्धारण, योजना, आयोजना कार्यान्वयन तथा सञ्चालन, संभार र नियमन,
- खानेपानी तथा सरसफाइ सेव बिस्तारमा निजी क्षेत्रको सहभगिता प्रवर्द्धन सम्बन्धी नीति तथ मपदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
- सर्वसाधारणलाई स्वच्छ खानेपानीको उपलब्धता र खानेपानी, सरसफाइ तथा स्वच्छतामा पिछडिएका वर्गको पहुँच सुनिश्चितता,
- प्रदेशस्तरका सरकारी कार्यालयहरूको भौतिक व्यवस्थापन र निर्माण सम्बन्धी नीति, कानुन, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन तथा नियमन,
- प्रदेशभित्रको सहरी विकास योजना तर्जुमा, सहरी पूर्वाधार निर्माण, सञ्चालन, मर्मत संभार र आवास तथा भवन सम्बन्धी योजनाहरुको कार्यान्वयन र मार्ग निर्देशन,
- प्रदेशभित्र उपयुक्त भवन निर्माण प्रविधिको प्रबर्द्धन,
- प्रदेशस्तरमा राष्ट्रिय भवन संहिताको कार्यान्वयन र नियमन,
- प्रदेशको राजधानी र प्रादेशिक सहरको विकास, योजना तर्जुमा, कार्यान्वयन, संयोजन र पूर्वाधार निर्माण,
- सुरक्षित बसोबास र जग्गा एकीकरण सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन।