वि.सं:
नेपाल संवत: ११४५ थिंलाथ्व पारु - १
उर्जा, जलस्रोत तथा सिंचाइ १.१ जलविद्युत दीर्घ कालीन सोच प्रदेश आत्मनिर्भरता र समृद्धिका लागि जल विद्युतको विकास। उद्देश्य जल विद्युतको उत्पादन र वितरणबाट कृषि, उद्योग र यातायात सेवा सहित समस्त आर्थिक क्षेत्रको विकासमा योगदान गर्नु गर्ने। १.२ वैकल्पिक उर्जा दीर्घ कालीन सोच उर्जाको पहुँच विस्तारका लागि वैकल्पिक उर्जा । उद्देश्य वैकल्पिक तथा नवीकरणीय ऊर्जाको उपयोग गरीहरित उर्जामा प्रदेशका नागरिकहरुको पहुँच बढाउनु । १.३ सिंचाइ दीर्घ कालीन सोच दिगो र भरपर्दो सिँचाइ प्रणाली। उद्देश्य प्रदेशको कृषि उत्पादनमा वृद्धिका लागि यथेष्ठ सिँचाइ सुविधाको प्रवन्ध गर्नु। १.४ जलस्रोत तथा जलजन्य प्रकोप व्यबस्थापन दीर्घ कालीन सोच जलस्रोतको दिगो उपयोगबाट समृद्ध प्रदेश निर्माणमा योगदान । उद्देश्य जलस्रोतको बहुआयामिक उपयोग मार्फत आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रको विकास गर्नु । जलाधार व्यवस्थापन तथा जलउत्पन्न विपद् न्यूनीकरण एवम् व्यवस्थापनबाट आर्थिक तथा सामाजिक क्षति न्यूनीकरण गर्नु। २. खानेपानी तथा सरसफाइ दीर्घकालीन सोच स्वच्छ र सर्वसुलभ खानेपानी तथा सरसफाइ सेवाबाट जनस्वास्थ्यमा सुधार । उद्देश्य आधारभूत स्तरको खानेपानी तथा सरसफाइ सेवाहरू दिगो, भरपर्दो, पहुँचयोग्य, सर्वसुलभ रुपमा सेवा पुरयाउनु । उच्च तथा मध्यम स्तरको खानेपानी सेवा विस्तार गर्नु । फोहोरहरूको व्यवस्थापन तथा फोहर पानी (ढल) प्रशोधन सेवा विस्तार गर्नु । ३. ग्रामिण बस्ती विकास तथा शहरीकरण दीर्घकालीन सोच ग्रामिण वस्ती विकास तथा सहरीकरणद्बारा बसाइँसराइको नियन्त्रण। लक्ष्य सुरक्षित एवम् एकिकृत ग्रामिण वस्ती विकास तथा आधुनिक सुविधा सम्पन्न सहरीकरण गर्ने । उद्देश्य आवश्यक सेवा सुविधा सहित सुरक्षितर व्यवस्थित एकीकृत ग्रामिण वस्ती विकास तथा संभावित स्थानहरुमा थप सहरीकरण गर्नु । ४ यातायात पूर्वाधार ४.१ सडक दीर्घ कालीन सोच दिगो, भरपर्दो सुरक्षित र सर्वशुलभ सडक पूर्वाधार । उद्देश्य अन्तर आवद्धता बढाई उत्पादन, बजार एवम् सेवामा पहुँच अभिवृद्धि गर्नु । गुणस्तरीय सुरक्षित र मितब्ययी हुने गरी सडक सञ्जालको विकास गर्नु । भौगोलिक एवम् गाँऊ सहरको सन्तुलनमा सघाउने गरी सडक घनत्व अभिवृध्दि गर्नु। दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत पु¥याउनु। ग्रामीण तथा दुर्गम क्षेत्रमा यातायातको आधारभूत सेवा पहुँचमा सुधार गर्नु ।